बालाई चिठी लेख्ने कार्यक्रम





यो जिवन यहाँसम्म आइपुग्दा आमाको ममता र बाको सुरक्षालाई रथका दुइ पाङ्ग्रा बनाएर अगाडि बढाइयो । उनै पुजनीय बालाई यसपटक हामीले नेपाली साहित्यको पत्रलेखन विधाका माध्यमबाट सम्झने प्रयास गर्यौँ । कथा, कविता, गित, गजल, मुक्तक हाइकु आदि अनेक विधालाई हामीले अगाडि बढाउँदै लैजाँदा नेपाली साहित्यको मौलिक विधा पत्रलेखनलाई कक्षामा पढाइ हुने पाठका रुपमा मात्रै संकुचित गरियो कि ? मनका भावना कलात्मक ढंगबाट सरल र सरस तरिकाले प्रस्तुत गर्न सकिने यो विधाको विकासका लागि यसपाली Skill Bridge Academyले #कुशेऔंसी अर्थात बाको मुख हेर्ने दिनको अवसर पारेर भाद्र २८ गते #विहान_८_बजे अनलाईन प्रविधिको सहायतामा #बालाई_चिठी लेख्ने कार्यक्रमको आयोजना गरिरहेको छ ।

यो कुनै प्रतियोगिता होइन, यसमा कुनै पुरस्कार राशी पनि छैन । बालाई सम्मान गर्न शर्त लगाएर वा प्रतिस्पर्धा गरेर सम्मान हुँदैन भन्ने मान्यताले यसलाई प्रतियोगिताको रुपमा नलगिएको हो । आगामी दिनमा यहाँहरुको सुझाब अनुसार थप सुधार गर्ने प्रतिवद्धताका साथ यस कार्यक्रममा आफ्ना बालाई समर्पित शब्दहरुले भरिएको पत्रका साथमा उपस्थित भइदिनुहुन सम्पूर्ण सर्जकज्यूहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।

थप जानकारीका लागिः
के आर ढकाल
कार्यक्रम संयोजक
सम्पर्क : ९८५६००६९१६ / ९८०६५०६९१६

Post a Comment