- K. R. Dhakal Pokhara |
रणभूमिका कविताहरु
आज,तिम्रा र मेरा विचारहरुअक्षर, शब्द र भावहरुरणभूमिमा कुरिरहेछन्शंखनादको चर्को धूनगर्नलाई कविताहरुको युद्ध ।तिम्रा कविताहरुशहरको एक दरबार भित्र,झिलिमिली प्रकाशमा कोरिएका छन्त्यसैलेतिमी लेख्दछौ सुरा सुन्दरीका कुरातिमी मिसाउँछौ शृङ्गारिकताका भाव,तिम्रा कविताहरुमादेखिन्छन् राजधानीका समृद्धितर ठिक विपरितमेरा कबिताहरुलेखिएका छन् पातीको झुपडीभित्रटुकीको धमिलो प्रकाशमात्यसैलेम लेख्छु अभावका वास्तविकतापसिनाले कोरेका अनुहारका धर्साहरुपहराको लहरा जस्तैअभाव र दासताको भुमरीमाहल्लिएर बाँच्न विवशश्रमजीवीका जिन्दगीहरु ।सायद,तिमीले सुनेकै छैनौबलात्कृत चेलीको आर्तनाद,तिमीले देखेकै छैनौ,न्याय माग्दै सडक झरेका मान्छेभोगेकै छैनौ राजधानी बाहिरको देशछोएकै छैनौ आरुवखडाका हाँगाहरुमाफुलेका हिउँका फूलहरुतिमी डिस्को र बारको नग्नतानिर्धक्क पस्कन्छौ कबिताभित्रकिनकीतिमीले देखेकै छैनौभाङ्ग्रा, चौबन्दी र फरियाहरु ।मैले देखेका छाउपडीका पीडा,भोगेका कर्णालीका भोक,मैले सुनेका कञ्चनपुरका आर्तनाद,छोएका मुस्ताङका हिउँका ढिकामैले लडेको लिपुलेक र सुस्तातिमीले पनि देखेको, छोएको, भोगेको भए,लेख्ने थियौ होलाअल्नो खोले खाएका कविताहरु,दुख र पीडा गाएका कविताहरु ।आऊआज तिम्रा र मेरा कविताहरुआमने सामने गरेर जुधौँ,पाठकका मस्तिष्कलाई बनाएर रणभूमिकसी लगाएर वास्तविकताकोछुट्याउँ कविताहरुका स्थानर गरीदिउँ उत्कृष्टलाई पुरस्कृत,तिमीले जिते तिमीले राज गर,मैले जिते जनता राज गर्लान् ।
कविताको भिडियो हेर्नुहोस् :
Post a Comment