‘जन्मदिनको शुभकामना !’

 ‘जन्मदिनको शुभकामना !’


‘बा’ हुन खुब गाह्रो छ,
अझ ‘बा’ जस्तै ‘बा’ हुन झनै गाह्रो छ,
‘बा’ नभएर पनि ‘बा’ जस्तै हुन कति गाह्रो होला ?
‘साथी’ नबन्न त सजिलो छ,
‘साथी’ नै ‘साथी’ बन्न पनि सजिलो नै छ,
तर ‘साथी’ नभएको मान्छे ‘साथी’ बन्न कति गाह्रो होला ?
कोही मान्छे एकैपल्ट ‘बा’ र ‘साथी’ नभएर पनि,
ठ्याक्कै ‘बा’ र ‘साथी’को ‘ककटेल’ बन्नुपर्यो भने कति गाह्रो होला ?

‘झुपडी’ भित्र ‘भकारी’ भर्न ‘बा’लाई कर लाग्छ,
‘खोपडी’ भित्र ‘औषधी’ भर्न ‘सर’लाई कर लाग्छ,
कोही मान्छे एकैपल्ट ‘बा’ र ‘सर’ बन्नुपर्यो भने ?
सम्झिँदा पनि झन कति ‘डर’ लाग्छ !

‘बा’ नभएर पनि ‘बा’ बन्न सफल,
‘साथी’ नभएर पनि ‘साथी’ भन्दा असल,
‘सर’ होइन र पनि ‘सर’ बन्न तत्पर,
‘दाइ’ भएर पनि ‘दाइ’ भन्दा फरक,
‘दाइ !’
“ओ माल्दाइ !”
हजुरलाई/तपाईंलाई/तिमीलाई,
‘जन्मदिनको शुभकामना !’


©के.आर.ढकाल


1 comment